चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

<span class='c1'>चोरीमा संलग्न रहेको</span> <span class='c2'>अभियोगमा पक्राउ</span>

ललितपुर । गोदावरी नगरपालिका-२ गोदावरी पात्लेछापस्थित कविता सिलवालको घरबाट नगद रू.१ लाख १२ हजार ६ सय ७० रुपैयाँ, ३ थान मोबाइल र ३ थान किप्याड गरी करिब रू.१ लाख ४६ हजार ६ सय ७० रुपैयाँ बराबरको धनमाल चोरी गरेको अभियोगमा काठमाडौं जडिबुटी बस्ने ४० वर्षीय सुनिल खड्गी लगायत ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ढोकाको ताल्चा फोडी दराजभित्र रहेको उक्त धनमाल चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूको साथबाट चोरीका सामान सहित फेला पारी पक्राउ गरेको हो । चोरीमा प्रयोग गरेको बा.४ ख १८५३ नम्बरको गाडी समेत प्रहरीले बरामद गरेको छ ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्