बेलबारीमा एमालेबाट राई र कांग्रेसबाट थापा विजयी

बेलबारीमा एमालेबाट राई र कांग्रेसबाट थापा विजयी

विराटनगर । मोरङको बेलबारी नगरपालिकाको मेयरमा नेकपा एमालेका दिलप्रसाद राई विजयी भएका छन् ।१६ हजार ४२२ मत ल्याएर राई विजयी बनेका हुन् । नेपाली कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेसकी नितु थापा १३ हजार ७३१ मत ल्याएर विजयी भएकी छिन् । एमालेकी तिलकुमारी गौतमले १३ हजार ६०५ मत ल्याएकी थिइन् । बेलबारीमा कांग्रेसले १,४,६,९,१० र ११ नम्बर वडा जितेको छ भने एमालेले २, ३, ५ र ७ नम्बर वडा जितेको छ । स्वतन्त्रले ८ नम्बर वडा जितेको छ । गत चुनावमा मेयर र उपमेयरसहित बहुमत एमालेले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्