ओलीको गृहनगरमा एमाले पराजित, राप्रपाका थापा विजयी

<span class='c1'>ओलीको गृहनगरमा एमाले पराजित,</span> <span class='c2'>राप्रपाका थापा विजयी</span>

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा नै एमालेका उमेदवार पराजित भएका छन् । दमकको प्रमुखमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका हुन् ।थापाले नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मत अन्तरले हराएका छन् ।

थापाले १७ हजार ५२५ र पौडेलले १६ हजार ९६६ मत पाएको निर्वाचन अधिकृत केशव प्रसाद पन्तले जानकारी दिए । यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी भइन् । उनले १७ हजार ७२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत पाएका छन् ।

एमाले अध्यक्ष ओलीको गृहनगरमा एमाले हराउने अभियानको रुपमा काँग्रेस, माओवादी, एकिकृत समाजवादी लगायतका पार्टीले राप्रपालाई समर्थन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्