मोरङको बेलबारीमा एमालेका दिलप्रसाद राई विजयी भएका छन् । राईले १६ हजार ४ सय २२ मत ल्याएर विजयी बन्दा काँग्रेसका महेन्द्र प्रसाद सुवेदीले १५ हजार ६ सय २० मत ल्याए । उपमेयरमा भने काँग्रेसकी नितु थापाले १३ हजार ७ सय ३१ मत ल्याएर विजयी भएकी छिन् ।
एमाले तिल कुमारी गौतमले १३ हजार ६ सय ५ मत ल्याइन् । बेलबारीमा काँग्रेसले १४, ६, ९, १० र ११ नम्बर वडामा जित हासिल गरेको छ भने एमालेले २, ३, ५, र ७ नम्बर वडा जितेको छ ।