उदयपुरको त्रियुगा र बाजुराको बुढीगंगामा विवादका कारण अझै मत गणना सुरु भएन

<span class='c1'>उदयपुरको त्रियुगा र बाजुराको बुढीगंगामा विवादका</span> <span class='c2'>कारण अझै मत गणना सुरु भएन</span>

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिकामा अझै मत गणना हुन सकेको छैन ।

दुवै नगरपालिकामा दुई पक्षबीच विवाद हुँदा मत गणना प्रक्रिया सुरु हुन नसकेको निर्वाचन आयोगका सूचना अधिकारी सूर्य अर्यालले बताए । बाजुराको बुढीगंगामा विवाद भएपछि निर्वाचन आयुक्त सगुन शमशेर जबरा स्थलगत रूपमा पुगेर रिपोर्ट बुझाइ सकेका छन्। छानविन गरेर आयोगलाई रिपोर्ट बुझाइ सकिएकाले त्यसपछि मात्रै मत गणना गर्ने वा पुनः मतदान गर्ने टुङ्गो लाग्ने अर्यालले बताए । यस्तै उदयपुरको त्रियुगा विवादका विषयमा स्थलगत अध्ययन गरेर छानबिन गर्ने वा अन्य कुनै विधि अपनाउने भन्ने विषयमा टुङ्गोमा पुगी नसकिएको आर्यलले बताए। दुवै पक्षबीच सहमति नहुँदा मतदान प्रक्रिया अघि बढ्न सकेको छैन। दुवै नगरपालिकामा गत वैशाख ३० गते मतदान भएको थियो।

अछामको साँफेबगरको वडा नम्बर १३ मतमा मतदान जारी छ। साँफेबगर वडा नम्बर १३ मा रोकिएको निर्वाचन शुक्रबार बिहानैदेखि जारी छ। सर्वदलीय बैठक बसेर बेलुका ८ बजेदेखि मतदान गर्ने तयारी गरिएको छ । यस्तै निर्वाचन आयोगले जेठ १० गतेभित्र मत गणना सक्न निर्देशन दिएको छ। यसअघि जेठ ५ गतेभित्र मत गणना प्रक्रिया सक्न निर्देशन दिएको थियो । तर, मतदान प्रक्रिया लम्बिँदै गएपछि जेठ १० गतेभित्रको समय सीमा दिएको हो ।

रातोपाटीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्