बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९७ हजार तीन सय रुपियाँ तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार तीन सय रुपियाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार आठ सय रुपियाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार आठ सय रुपियाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ ले बढेर एक हजार २७० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्