१०७ मत बढी भेटिएपछी रंगेलीको मतगणना स्थगित

<span class='c1'>१०७ मत बढी भेटिएपछी</span> <span class='c2'>रंगेलीको मतगणना स्थगित</span>

विराटनगर । मतपेटिकामा खसेको भन्दा बढी मतपत्र भेटिएपछी माेरङकाे रंगेली नगरपालिकामा जारी मतगणना स्थगित भएको छ ।

वडा नं. ७ को मतगणनाको क्रममा १०७ मत बढी भेटिएपछि पार्टीका कार्यकर्ताहरुको विरोधले रङ्गेलीको सबै वडाको मतगणना रोकिएको हो । रङ्गेली नगरपालिका वडा नं. ७ मा कुल ३२४२ मत खसेको थियो । तर, गणनाको क्रममा ३३४९ वटा मतपत्र भेटिएपछि विवाद निस्किएको हो । प्राप्त जानकारी अनुसार वडा नं. ७ मा २१३३ मत गणना भईसकेको थियो । १२१६ मत गणना गर्न बाँकी हुँदा विवाद सुरु भएर अहिले सबै वडाको गणना कार्य रोकिएको छ ।

रङ्गेलीका निर्वाचन अधिकृत रामहरी काफ्लेले प्राविधिक त्रुटिका कारण कम्प्युटरमा बढी मत प्रविष्टि भएको बताए । उनले उक्त वडाको मत पुन: गणना गर्न सकिने जिकिर गरे । उनले भने, 'हामीले वडा नं. ७ बाट १० वटा मतपेटिका बुझिलिएका थियौं । मतगणना गरी कम्प्युटरमा प्रविष्टि गर्ने क्रममा प्राविधिक त्रुटि भएको हो । १ सय मत बढी प्रविष्टि भएछ ।'

यता, मतगणनामा धाँधली भएको भन्दै आक्रोशित पार्टीका कार्यकर्ताहरुले मतगणना स्थल बाहिर टायर बालेर प्रदर्शन समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्