सुनसरीको कोशी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

सुनसरीको कोशी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

विराटनगर । सुनसरीको कोशी गाउँपालिका अध्यक्षमा कांग्रेसका ऐयुब अन्सारी विजयी भएका छन् ।

अन्सारीले छ हजार ४ सय १६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका देवकृष्ण यादवलाई एक हजार १ सय ९९ मतान्तरले पछि पारेका थिए ।

त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै अनिता कुमारी यादव विजयी भएकी छन् । यसैबीच कोसी–७ मा नेकपा (माओवादी केन्द्र)बाट मुसहर समुदायका २४ वर्षीय लालदेव सदा अध्यक्षमा विजयी भएका छन् । उनले ६ सय ११ मत प्राप्त गरी प्यानलसहित वडाध्यक्षमा विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्