भरतपुरमा रेनु दाहाललाई ५ हजार १ सय ३३ मतको अग्रता

भरतपुरमा रेनु दाहाललाई ५ हजार १ सय ३३ मतको अग्रता

विराटनगर । भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् । दाहालले ५ हजार १ सय ३३ मतको अग्रता लिएकी हुन् ।

उनले २७ हजार ४ सय १२ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका विजय सुवेदीले २२ हजार​ २ सय ७९ तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५ सय ५२ मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरमा चित्रसेन अधिकारीले २९ हजार​ ५ सय २५ मत तथा राप्रपाकी हिमला गुरुङले १७ हजार​ ३ सय २५ मत पाएका छन् ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्