बिहारमा एक पत्रकारको गोली हानेर हत्या

<span class='c1'>बिहारमा एक पत्रकारको</span> <span class='c2'>गोली हानेर हत्या</span>

विराटनगर । भारतको बिहार प्रान्तको बेगुसराय जिल्लामा पत्रकार सुभाष कुमारको गोली हानी हत्या गरिएको छ। घटना हुँदा सुभाष आफ्नो गाउँमा आयोजित एक कार्यक्रममा सहभागी भएर घर फर्किरहेका थिए। भारतीय न्यूज च्यानल आजतकका अनुसार घटनाको जानकारी पाउनासाथ घटनास्थलमा प्रहरी पुगेको थियो। उनीहरुले सुभाषको शव सुरक्षित गरेर पोस्टमार्टमको लागि पठाएका छन्।

मृतक पत्रकार सुभाष आफ्ना आमाबुबाका एक्लो सन्तान थिए । उनी २० मे बेलुका गाउँमा नै आयोजित एक कार्यक्रममा सामेल हुन गएका थिए। मांगलिक कार्यक्रमबाट राती फर्कंदा उनलाई बाटोमा ढुकेर बसेका अज्ञात व्यक्तिहरुले गोली हानेका थिए। गोली सुभाषको टाउकोमा लाग्यो र उनी त्यहीं ढले। घटनास्थल पुगेका प्रहरीले उनलाई उपचारको लागि नजिकैको प्राथमिक स्वास्थ्यकेन्द्र लगेका थिए। त्यही उनलाई मृत घोषित गरिएको थियो। हत्याराको खोजी भइरहेको र छिटै पत्ता लाग्ने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्