विराटनगर । इलामको सुर्योदय नगरपालिकामा नेकपा एकिकृत समाजवादीका रणबहादुर राई निर्वाचित भएका छन् । प्रदेश १ प्रदेशसभाबाट राजीनामा दिएर प्रमुखमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता काजिमान कागतेलाई राईले पराजित गरेका हुन् ।
राईले १२ हजार ४३१ मत ल्याउँदा कागतेले १० हजार ५७९ मत ल्याएका हुन् । एमाले उम्मेदवार कागते १ हजार ८५२ मतान्तरले पराजित भएका छन् । राई यसअघि पनि सुर्योदय नगरपालिकाको प्रमुख थिए । उनी गठबन्धनको सहयोगमा पुनः मेयरमा निर्वाचित भएका हुन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार दुर्गाकुमार बराल ११ हजार ८५४ मतसहित विजयी भएका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार दुर्गादेवी भट्टराईले ९ हजार १२२ मत ल्याएकी थिइन् ।