कैलाली । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । उनले नेपाली कांग्रेसका नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले हराउनु भएको हो ।
हमालले २६ हजार ८ सय ६५ मत ल्याउँदा निवर्तमान मेयर वडले १४ हजार ८ सय १७ मत प्राप्त गरेका छन् ।
एमालेका रणबहादुर चन्दले ९ हजार १ सय १५ मत मत ल्याएका छन् । २०७४ सालको पालिका चुनावमा हमाल कांग्रेसका वडसँग पराजित भएका थिए । ।
यस्तै, उपमेयरमा भने एमालेकी कन्दकला कुमारी राना विजयी भएकी छन् । उनले माओवादी केन्द्रकी शान्ति अधिकारीलाई २ हजार ८ सय मतान्तरले पराजित गरेकी हुन्।
रानाले १५ हजार ४ सय ७९ मत पाउँदा अधिकारीले १२ हजार ६ सय ७० मत प्राप्त गरिन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६ सय ९ मत ल्याएका छन् ।
धनगढी उपमहानगरपालिकामा कुल ९३ हजार १५१ मतदाता रहेकोमा ६३ हजार ७१५ (६८.४० प्रतिशत) मत खसेको थियो । १९ वटा वडा रहेको धनगढीमा कांग्रेसले ११ वटा वडा जितेको छ भने एमालेले ६ वटा र माओवादीले २ वटा वडा जितेको छ ।