कैलालीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु

कैलालीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु

घोडाघोडी(कैलाली) । कैलालीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।

ट्याक्टर र स्कुटर ठोक्किँदा स्कुटर चालक लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कँडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचौनीमा से १ त ६८२७ नम्बरको ट्याक्टर र सु.प.प्र. ०१ ००८ प १७८३ नम्बरको स्कुटर ठोक्किएका थिए ।

दुर्घटनामा स्कुटरमा सवार लम्कीचुहा–७ की २५ वर्षीया जमुना सिंह घाइते भएकाले धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

ट्याक्टर चालक गौरीगंगा–७ का २७ वर्षीय पुरन चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रवक्ता जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्