जुम्ला । जुम्लामा एम्बुलेन्स दुर्घटना भएको छ । कनकासुन्दरी गाउँपालिका-६ स्थित दाँते ओखरमा क१झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका जुम्लाका अनुसार एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । उनीहरुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । कनकासुन्दरी-६ का बिरामी दलविरे ऐडीलाई उपचारका लागि सदरमुकाम लैजाने क्रममा एम्बुलेन्स दुर्घटना भएको हो ।
प्रहरीको अनुसार एम्बुलेन्स सडक बाट करिब १५/२० मिटर तल खसेको छ ।