विश्व सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

<span class='c1'>विश्व सिमसार दिवसमा १९</span> <span class='c2'>प्रजातिका बिरुवा रोपियो</span>

चितवन । विश्व सिमसार दिवसको अवसरमा १९ प्रजातिका बिरुवा रोपिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले बाघमारा मध्यवर्ती सामुदायिक वनमा वृक्षारोपण गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज १०० बिरुवा रोपिएको छ । सामुदायिक वनको खाली ठाउँमा बिरुवा रोप्ने काम निरन्तर हुनेछ । उनले आज सुरुवात गरिएको बताउँदै निरन्तर रोप्दै जाने जानकारी दिए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) सौराहाका का प्रमुख बाबुराम लामिछाने, होटल व्यवसायी सङ्घका अध्यक्ष दीपक भट्टराई, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्