बालेन अगाडि , सिंह भन्दा स्थापित ८ सय ३१ मतले पछाडि

<span class='c1'>बालेन अगाडि , सिंह भन्दा स्थापित</span> <span class='c2'>८ सय ३१ मतले पछाडि</span>

विराटनगर । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र (बालेन) शाहकाे अग्रता कायमै रहेको छ । शाहले १७ हजार ४ सय २४ मतकाे अग्रता लिएका छन् ।

अहिलेसम्म एक लाख १६ हजार आठ सय ८५ मत गणना हुँदा शाहले ४१ हजार २ सय ७९ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार ८ सय ५५ मत प्राप्त गरेकी छिन् । नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले २३ हजार २४ मत ल्याएका छन् । एमालेका स्थापितभन्दा ८ सय ३१ मतले कांग्रेसकी सिंह अगाडि छिन् । काठमाडौंमा स्वतन्त्र उम्मेदवार शाहले क्रमशः मतान्तर बढाईरहेका छन् ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको वैशाख ३१ गते बिहानदेखि मतगणना कार्य जारी छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्