सुन्दरहरैंचा प्रमुख–उपप्रमुखमा एमाले विजयी

सुन्दरहरैंचा प्रमुख–उपप्रमुखमा एमाले विजयी

विराटनगर । मोरङको सुन्दर हरैचा नगरपालिकामा गठबन्धनका उमेदवार पराजित भएका छन् । काँग्रेस र माओवादीबीचको गठबन्धनका उमेदवारलाई हराउँदै प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

मेयरमा एमालेका केदारप्रसाद गुरागाईंले कांग्रेसका शिवप्रसाद ढकाललाई ७ सय २७ मतले हराउँदै विजयी भएका छन् । ढकाल निवर्तमान मेयर हुन् । गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत ल्याए ।
त्यसैगरी उपमेयरमा एमालेकै अकली चौधरी विजयी भएकी छन् । उनले २२ हजार ४ सय ५२ मत ल्याउँदा माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याए । कांग्रेस र माओवादी केन्द्रको मेयर र उपमेयरमा गठबन्धन थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्