आज सुनचाँदीको मूल्य स्थिर

आज सुनचाँदीको मूल्य स्थिर

विराटनगर । सोमबार सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको कारोबार मूल्य स्थिर रहेको जानकारी दिएको हो ।

छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ छ । आइतबार पनि छापावाल सुनको कारोबार मूल्य तोलामा ९८ हजार रुपैयाँ नै थियो । यस्तै, तेजाबी सुनको कारोबार मूल्य समेत ९७ हजार ५०० रुपैयाँ थियो ।

यसैगरी, सुनचाँदी व्यवसायी महासंघले चाँदीको मूल्य पनि स्थिर रहेको जानकारी दिएको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १२ सय ७० रुपैयाँ रहेको जानकारी दिएको छ । आइतबार सोही मूल्यमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्