मोरङका १७ स्थानीय तहका प्रमुखहरुले लिए सपथ

मोरङका १७ स्थानीय तहका प्रमुखहरुले लिए सपथ

विराटनगर । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित मोरङका १७ पालिका प्रमुखहरुले सपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश भरत लम्सालले विराटनगर महानगरपालिकाको सभाहलमा प्रमुख÷अध्यक्षहरुलाई सोमबार सपथ गराउनु भएको हो ।

निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न गराउन सहयोग पु¥याउने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्नु भएको थियो ।
प्रमुख÷अध्यक्षको सपथ ग्रहण लगतै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उपप्रमुख, अध्यक्ष र सदस्यहरुलाई सोमबार नै सपथ गराउनु भएको छ । विराटनगरका जनप्रतिनिधिले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्