विराटनगरमा-६ रामपुरमा १५ शैय्याको जेरीएटीक अस्पताल बन्ने

विराटनगरमा-६ रामपुरमा १५ शैय्याको जेरीएटीक अस्पताल बन्ने

विराटनगर । विराटनगरमा-६ रामपुरमा १५ शैय्याको जेरीएटीक अस्पताल बन्ने भएको छ ।

ज्येष्ठ नागरिकहरूको उपचारको लागि जेरीएटीक अस्पतालको सोमबार शिलन्यस गरिएको हो । उक्त अस्पतालको शिलन्यास नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गरे । विराटेश्वर वृद्धाश्रममले चन्दाल संकलन गरेर करिब ३० करोडको लगानीमा जेरीएटीक अस्पताल बनाउन सुरू गरिएको अध्यक्ष जगत अर्यालले जानकारी दिए । ‘ज्येष्ठ नागरिकहरुको उपचारको लागि छुट्टै जेरीएटीक अस्पताल बनाउन सुरु गरिएको छ,’ उनले भने, ‘अस्पताल बनाउन सबैको साथ सहयोग आवश्यक पर्नेछ । अस्पतालको लागि मनकारी व्यक्तिहरुले सहयोग गर्न सुरू गरेका छन् ।

यसमा राज्यले पनि लगानी गरिनु पर्ने छ ।’१ बिघा क्षेत्रफलमा जेरीएटीक अस्पताल बन्न लागेको हो । अस्पताल बन्ने जग्गा विराटनगरका सरोज अधिकारीका छोरा बुहारी संजिव अधिकारी, अंजना अधिकारीले दान गरेका हुन् । जेरियाट्रिक अस्पतालमा ज्येष्ठ नागरिकहरुको र सहज तरवले स्वास्थ्य उपचार सेवा प्रदान गरिने अध्यक्ष आर्यालले बताए । जेरीएटीक अस्पताल ज्येष्ठ नागरिकमैत्री अस्पताल बन्ने उनले बताए । शिलन्यास कार्यक्रममा बोल्दै कांग्रेसका वरिष्ठ नेता कोइरालले जेरीएट्रीक अस्पताल निर्माणमा सहयोग गर्ने बताए । उनले राज्यले पनि जेरीएट्रीक अस्पताल निर्माणमा लगानी गरिनुपर्ने बताए । कार्यक्रममा विराटनगर महानगरपालिका नवनिर्वाचित मेयर नागेश कोइरालले जेरियाट्रीक अस्पताल निर्माणमा महानगरपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्