भरतपुर महानगरपालिका प्रमुखमा रेनु दाहाल भारी मतान्तरले विजयी

<span class='c1'>भरतपुर महानगरपालिका प्रमुखमा रेनु</span> <span class='c2'>दाहाल भारी मतान्तरले विजयी</span>

चितवन । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् ।

उनले नेकपा एमालेका बिजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले पछि पार्दै प्रमुख पद निर्वाचित भएकी हुन् । उनले ५२ हजार ३० मत प्राप्त गर्दा बिजय सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसबाट बिद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिनु भएका जगनाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याएका छन् ।

त्यसै गरि उपप्रमुख पदमा पनि गठबन्धनकै उम्मेदवार चित्रसेन अधिकारीले विजयी भएका छन् । अधिकारीले ५२ हजार ८ सय ३ मत प्राप्त गर्दा राप्रपा उम्मेदवार हिमला गुरुङले ३० हजार ६ सय १२ मत ल्याएका छन् । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धन र एमाले राप्रपा गठबन्धन बिच प्रतिस्पर्धा भएको थियो ।

नेपाली कांग्रेसले भरतपुर महानगरका १६ वटा वडामा विजयी हासिल गरेको छ । वडा नम्बर १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९ नम्बर वडा अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका हुन् । ३, ११, १२, १८, १९ र २८ गरी ६ वटा वडा नेकपा एमालेले जितेको छ । भने माओवादी केन्द्रले वटा वडाको वडाध्यक्ष पद जितेको छ । १३, २४ र २६ नम्बर वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी हुँदा एकीकृत समाजवादीले ७, ९ र २२ नम्बर वडाको नेतृत्व जितेको छ । स्वतन्त्र उम्मेदवार २५ नम्बर वडामा विजयी भएका छन् ।

विजयी भएका जनप्रतिनिधिहरुलाई जिल्ला समन्वय समितिको हलमा सपथ ग्रहणको कार्यक्रम राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्