आज पनि सुनको मूल्यस्थिर

<span class='c1'>आज पनि</span> <span class='c2'>सुनको मूल्यस्थिर</span>

विराटनगर । आज पनि सुनको मूल्यस्थिर रहेको छ।

सुनको कारोबार मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघले आजको सुनको बजार मूल्य तोक्दै तीन दिनदेखि सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ छ । यस्तै, सोमबार सोही मूल्यमा भएको कारोबार आज पनि मूल्य स्थिर रहेको छ ।

यसै गरी, मंगलबार चाँदीको कारोबार मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्