आमाको हत्या आरोपमा छोरा पक्राउ

आमाको हत्या आरोपमा छोरा पक्राउ

धरान। धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदीलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२ बर्षीया शान्त सुवेदीको हत्या आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गत शनिबार दिउँसो साढे १ बजे धारीलो हतियार बाम्फोकले टाउकोमा प्रहार गरी सौगातले आमालाई गम्भिर घाईते बनाएका थिए । उक्त घटनामा घाईतेलाई तत्काल उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको थियो । त्यहाँबाट थप उपचारको लागी बिराटनगरको न्युरो अस्पताल पठाइएको थियो ।

न्युरो अस्पतालमा समेत उपचार हुन नसक्ने भनी चिकित्सकको सल्लाह अनुसार घर फिर्ता लैजाने क्रममा मंगलबार दिउँसो ३ बजे बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनामा संग्लग्न रहेका सुबेदीलाई त्यसपछि नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्