एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राठी नियुक्त

एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राठी नियुक्त

विराटनगर । एनआईसी एशिया बैंकले सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत उनलाई बढुवा गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशनमा भएको व्यवस्था बमोजिम आगामी साउन १ देखि लागू हुनेगरी उनलाई नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०६४ मंसिर १९ देखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका राठी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्