मोरङमा एमाले सबैभन्दा ठूलो पार्टी, अध्यक्ष पोखरेलद्वारा मतदाताप्रति आभार

मोरङमा एमाले सबैभन्दा ठूलो पार्टी, अध्यक्ष पोखरेलद्वारा मतदाताप्रति आभार

विराटनगर । नेकपा एमाले मोरङ जिल्ला पार्टी कमिटिले स्थानीय तह निर्वाचन २०७९ बारे आफ्नो धारणा सार्वजानिक गर्दै पार्टीले पाएको सफलताप्रति आम मतदातालाई आभार व्यक्त गरेको छ । गठबन्धन गरेका पाँचदल विरुद्ध एक्लै निर्वाचनमा उभिएको एमालेले उत्साहजनक सफलता पाएको भन्दै जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले सबैप्रति आभार व्यक्त गरेका हुन् ।

एमालेले मोरङमा आठ पालिकामा प्रमुख र उपप्रमुख, एक पालिकामा प्रमुख र चारवटा पालिकामा उपप्रमुख जितेको छ । उर्लाबारी, पथरी, सुन्दरहरैंचा, सुनवर्षी, लेटाङ, रंगेली, कानेपोखरी, केराबारीमा प्रमुख र उपप्रमुख, बेलबारीमा प्रमुख, विराटनगर महानगरपालिका, कटहरी, ग्रामथान, रतुवामाईमा उपप्रमुखका उमेदवार विजयी भएका छन् ।

यसैगरी जिल्लाका १५९ वडामध्ये एमालेका उमेदवार ७८ वडाका अध्यक्ष जितेका छन् । यसैगरी ३६१ जना सदस्यले जितेका छन् । जिल्लाभर निर्वाचित हुने ८२९ जनप्रतिनिधिमध्ये ४३९ जना एमालेका उमेदवार निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्