भायानेटका ग्राहकले अब २०० एमबीपीएस इन्टरनेट मात्र रु. ९९९ प्रति महिनामा पाउने

भायानेटका ग्राहकले अब २०० एमबीपीएस इन्टरनेट मात्र रु. ९९९ प्रति महिनामा पाउने

विराटनगर । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मध्येको एक भायानेट कम्युनिकेसन प्रा. लि. ले आफ्ना विद्यमान अल्ट्रा-फाई
लाईनका प्रोडक्टहरुमा आकर्षक परिमार्जन ल्याएको छ ।

आफ्ना ग्राहकहरूको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै उच्च गति र उच्च गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले अल्ट्रा-फाई लाइनअपहरू अब अझै आकर्षक मूल्यमा आउने भएको हो । भायानेटका ग्राहकहरूले अब २०० एमबीपीएसको इन्टरनेट प्याकेजको वार्षिक सदस्यता मात्र रु. ९९९ प्रति महिनाको मूल्यमा पाउने कम्पनीले जनाएको छ । १७५+ लाइभ टिभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकहरूले सोही योजनाको भायाटिभी सहितको बन्डल पनि मात्र रु. ११०० प्रति महिनाको वार्षिक सदस्यतामा लिन सक्ने कम्पनीले जानकारी दिएको छ । यी दुवै योजनाहरूमा मात्र रु. ५०० थप गरी डुअल ब्याण्ड राउटर, निःशुल्क जडान र प्रथम सेट टप बक्स प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । उक्त प्याकेज मार्फत भायानेटले बिनाटिभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र आफ्नो इन्टरनेटको साथमा अत्याधुनिक आइपिटिभी सेवा चाहने दुवै वर्गका ग्राहकहरूको आवश्यकता पुरा गर्ने लक्ष्य कम्पनीले राखेको छ।

त्यस्तै अझ बढी स्पिड र थप टिभी सब्स्क्रिब्सन लिन चाहने ग्राहकहरूका लागि भने कम्पनीले दुई ओटा भायाटिभी सहित २५० एमबीपीएस र तिन ओटा भायाटिभी सहित ३०० एमबीपीएस वार्षिक सदस्यता क्रमशः रु. १२५० प्रति महिना र १५०० प्रति महिनाको आकर्षक मूल्यमा पाउने कम्पनीले ब्यवस्था गरेको छ । कम्पनीले आफ्ना विद्यमान अल्ट्रा-फाइ ग्राहकहरूको अल्ट्रा-फाइ योजनाहरूमा पनि कम्पनीको पोलिसी अनुसार अपग्रेड गरि सकेको जनाएको छ । यी परिमार्जनहरूसँगै भायानेटले अल्ट्रा-फाइलाई बजारमा उपलब्ध सबैभन्दा आकर्षक इन्टरनेट योजनाहरूमध्ये एक बनाउने लक्ष्य कम्पनीले राखेको छ ।

भायानेटले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव, आकर्षक मूल्यमा प्रदान गर्न अग्रसर रहदै आएको छ । नेपालको अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायकको रुपमा रहेको भायानेटले आफ्ना ग्राहकहरूलाई व्यक्तिगत र व्यावसायिक दुवै प्रायोजनका लागि इन्टरनेट सम्बन्धी नवीनतम समाधानहरू प्रदान गर्दै आएको छ ।

अल्ट्रा-फाइ प्लान सम्बन्धी थप जानकारीका लागि दिईएको लिंक हेर्नुहोस् :
https://www.vianet.com.np/ultrafi/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्