सगरमाथामा अफ्रिकी राष्ट्र जाम्बियाको झण्डा

सगरमाथामा अफ्रिकी राष्ट्र जाम्बियाको झण्डा

विराटनगर । विश्वको सर्वोच्च शिखर सगरमाथामा अफ्रिकी राष्ट्र जाम्बियाको झण्डा फहराइएको छ ।

नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको करिब साँढे तीन दशकपछि जाम्बियाले विश्वको सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराएको हो । जाम्बियाका लागि नेपालका मानार्थ वाणिज्य दूत देशबन्धु बस्नेतले नेपाली पर्वतारोही फुर्वा ओङगेल शेर्पाले सर्वोच्च शिखर सगरमाथामा जाम्बियाको झण्डा फहराएको जानकारी दिनुभयो ।

१५ मे बिहान ४ बजेर ५८ मिनेटमा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको पाइलो टेकेका थिए । सगरमाथामा जाम्बियाको झण्डा फरफराउनुको उद्देश्य दुई देशबीच द्विपक्षीय व्यापार र द्विपक्षीय सम्बन्ध सुदृढीकरण गर्न ध्यान आकर्षित गर्नु रहेको बस्नेतले बताए । नेपाल र जाम्बियाले १० सेप्टेम्बर १९८६ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । तत्कालीन राजा महेन्द्रले सन्१९७० को सेप्टेम्बर १० देखि १२ सम्म तेस्रो एनएएम शिखर सम्मेलनमा भाग लिन जाम्बियाको भ्रमण गर्नु भएको थियो । नेपाल र जाम्बिया संयुक्त राष्ट्रसंघ, एनएएम, जी–७७, र डब्ल्यूटीओका सदस्य समेत रहेको छ । दुवै मुलुकले संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा योगदान पुर्याइरहेका छन् । नोभेम्बर २०१७ सम्ममा, नेपालले ५३५३ सेना र जाम्बियाले ११२८ सेनाले संयुक्त राष्ट्र संघको शान्ति सुरक्षा अभियानमा योगदान पुर्याएका छन्। यद्यपि हालसम्म नेपाल र जाम्बियाबीच द्विपक्षीय व्यापार भने नगण्य रहेको छ । जाम्बिया एक शान्तिमय र राजनीतिक रूपले स्थिर देश हो । सन् १९९१ मा जाम्बियाको सत्ता राजनीतिक हस्तान्तरण बहुदलीय चुनाव मार्फत भएको थियो । अफ्रिकी मुलुकहरुमध्ये जाम्बिया सुरक्षित देशको रुपमा हेर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्