दोलखामा एक युवकको शङ्कास्पद मृत्यु

<span class='c1'>दोलखामा एक युवकको</span> <span class='c2'>शङ्कास्पद मृत्यु</span>

दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–३ झ्याकुका एक युवकको शङ्कास्पद मृत्यु भएको छ ।

नेपाली काँग्रेस वडाध्यक्षमा उम्मेदवारी दिनुभएका दिलबहादुर बस्नेतका छोरा २४ वर्षीय यानबहादुरको शङ्कास्पद मृत्यु भएको हो । मङ्गलबार बेलुकादेखि सम्पर्कविहीन भएका यानबहादुर घर नजिकै आज बिहान मृतावस्थामा फेला परेको स्थानीयवासी जिपछिरिङ शेर्पाले बताए ।

घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको दोलखा प्रहरी प्रमुख गङ्गा पौडेलले बताए । मृतक बस्नेतका बुबा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका छन् ।

झ्याकुस्थित मानेडाँडा माविमा कार्यरत यानबहादुर काम सकेर साँझ ६ः ३० बजे घरबाट निस्किएका र अबेरसम्म पनि घर नफर्किएपछि स्थानीय तथा आफन्तले खोजीकार्य जारी राखेका थिए । मङ्गलबारदेखि बेपत्ता भएका यानबहादुर आज बिहान झ्याकुस्थित सर्सेपु विद्यालय नजिकैको जङ्गलमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्