जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

भक्तपुर । सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक गणेश मन्दिर नजिक बस्ने ४४ वर्षीय रामजी अवालको सूर्यविनायक होमस्टे रिसोर्टमा तास खेलिरहेको अवस्थामा अवाल समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त रिसोर्टमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रू.२ लाख ९७ हजार ५ सय रूपैयाँ र ७ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-५ बस्ने ३८ वर्षीय डाल कुमार राईको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाम सूर्यदय नगरपालिका-१० बस्ने ३० वर्षीय दिल कुमार श्रेष्ठ लगायत ५ जनालाई मंमगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्क र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रू.१ लाख ७४ हजार ७ सय ३५ रूपैयाँ, ३ बुक तास र कौडा १५ थान सहित फेला पारी पक्राउ गरेको हो ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्