नेप्सेमा आज दोहोरो अंकको सुधार

नेप्सेमा आज दोहोरो अंकको सुधार

विराटनगर । सेयर बजार सूचक नेप्सेमा आज दोहोरो अंकको सुधार आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज १४.३७ अंकले बढ्दै नेप्से २२३१.५७ अंकमा उक्लिएको हो । बुधबार ‘क’ वर्गका सेन्सिटिभ इन्डेक्स समेत २.४२ अंकले बढ्दै ४३५.०९ अंकमा पुगेको छ । तर समग्रमा १४ अंक माथिले नेप्से बढेको आज कारोबार भने एक अर्बमा सीमित हुन पुगेको छ । आज बलेफी हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनी, सिङ्गटी हाइड्रो इनर्जी र गुराँस लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि कर्पाेरेट विकास बैंक शेयर सबैभन्दा धेरै सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

बुधबार अन्तिम समयसम्म २२६ कम्पनीका २६ लाख ९४ हजार ४२९ कित्ता सेयर २२ हजार भन्दा बढी पटक बजारमा किनबेच हुँदा जम्मा एक अर्ब ४ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्