बाबुको अन्त्येष्टि गरेर फर्कदैँ गर्दा छोराको पनि मृत्यु

<span class='c1'>बाबुको अन्त्येष्टि गरेर फर्कदैँ</span> <span class='c2'>गर्दा छोराको पनि मृत्यु</span>

फूलबारी (कैलाली) । सामाजिक सुरक्षा भत्ता बुझ्न भएका एक वृद्धको मृत्यु भएको छ ।

कैलाली धनगढी १८ फूलवारीका ७४ वर्षीय गुलिराम चौधरीको मृत्यु भएको हो । भत्ता बुझ्न धनगढी उपमहानगरपालिका १८ को वडा कार्यालय पुगेका चौधरी एकाएक ढलेपछि उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

उहाँ सामाजिक सुरक्षा बुझ्न लाममा बसेका बेला एका एक ढल्नुभएको थियो । उहाँ दम र मधुमेह रोगको पीडित रहेको धनगढी १८ का वडा अध्यक्ष भुवन रिजालले जानकारी दिनुभयो । उहाँकोे मृत्यु भएको २४ घण्टा नबित्दै बुधबार ६० वर्षीय छोरा लिलाराम चौधरीको समेत मृत्यु भएको हो ।

लिलाराम बुवाको अन्तिम दाहसंस्कार गरेर फर्किने बितिक्कै मृत्यु भएको वडा अध्यक्ष रिजालले जानकारी दिनुभयो । लिलाराम पनि केही दिनदेखि बिरामी अवस्थामै रहेको बताइएको छ । गोरखापत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्