अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-९ पिङ्गला स्थानबाट नियन्त्रित लागूऔषध डाइजेपाम, फेनारगन र बुप्रेनर्फिन गरी १ हजार २ सय २२ एम्पुल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी वलान विहुल गाउँपालिका-३ ठेगाना भएका २२ वर्षीय मनिष कुमार साह, ३२ वर्षीय भोला प्रसाद साह, १९ वर्षीय कुमार साह र २४ वर्षीय बाल कुमार दास रहेका छन् । बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सोमबारदेखि संचालन गरेको कारबाहीको क्रममा उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।

नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-४ टिसिएन चोकबाट करिब १ हजार ३ सय ५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र नाइट्राभेट ३० ट्याबलेट सहित सोही नगरपालिका-१ माकर बस्ने २७ वर्षीय थमन बहादुर बाकावल मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्