‘नेपाल एक चीन नीतिमा अडिग छ कि छैन ?’ : अध्यक्ष ओली

‘नेपाल एक चीन नीतिमा अडिग छ कि छैन ?’ : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफ्नो परराष्ट्र नीतिमा अडिग नभएको बताउनुभएको छ ।

संसदमा बोल्दै ओलीले नेपालको परराष्ट्र नीति अहिलेको गठबन्धन नामको पासा फ्याँकेर ल्याएको सरकारले ल्याएको नीति भन्दै व्यङ्ग्य गर्नुभएको छ ।
आज आर्थिक वर्ष २०७९/०८० का लागि प्रस्तुत नीति तथा कार्यक्रम माथि छलफलमा भाग लिनुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएको ओलीले आफ्नो भूमि प्रयोग गर्न नदिने नीतिमा सरकार अडिग छ कि छैन भनी सरकारलाई प्रश्न गर्नुभएकाे हो ।

नेपालले एक चीन नीतिमा प्रतिबद्धता जनाएको जानकारी दिनुहुँदै ओलीले छद्म नीति नलिन आग्रह गर्नुभएको छ ।

‘‘नेपाल हाम्रा छिमेकीहरुसँग छद्म मुखमा एउटा कुरा व्यवहारमा अर्को कुरा होइन । वास्तविक अर्थमा सन्तुलित, एक अर्कामा नखेल्ने, एउटा कार्ड अर्काको विरुद्ध प्रयोग नगर्ने र सन्तुलित, एउटाका विरुद्ध अर्कोको भूमि प्रयोग हुन नदिने नीतिमा अडिग छ कि छैन ?’’ओलीले भन्नुभएको छ । उहाँले यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग स्पष्ट जवाफ माग गर्नुभएको छ ।

‘‘सम्मानीय प्रधानमन्त्रीज्यू, मैले उठाएका प्रश्नहरुको जवाफ आउनुपर्छ । नेपाल एक चीन नीतिमा छ कि छैन ?,’’ ओलीले भन्नुभयो ।

तस्बिर : रत्न श्रेष्ठ/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्