सार्वजनिक बिदाको दिन आइतबार समेत राहदानी विभाग खुल्ने

<span class='c1'>सार्वजनिक बिदाको दिन आइतबार</span> <span class='c2'>समेत राहदानी विभाग खुल्ने</span>

काठमाडौं । परराष्ट्र मन्त्रालयको राहदानी विभागले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ ।

विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार विभागले बुधबार सो निर्णय गरेको हो । विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढिरहेकाले सार्वजनिक बिदाको दिनसमेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन लागेको हो । त्यसका लागि विभागले यही जेठ १५ गतेदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विभाग खोलिने आज जनाएको हो ।

राहदानीका लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्ने सेवाग्राहीलाई उक्त समयमा विभागले राहदानीसम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्