गोकर्णेश्वरको कार्यपालिका निर्वाचन जेठ १३ गते शुक्रबार हुने

<span class='c1'>गोकर्णेश्वरको कार्यपालिका निर्वाचन जेठ</span> <span class='c2'>१३ गते शुक्रबार हुने</span>

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन जेठ १३ गते शुक्रबार हुने भएको छ ।

नगर कार्यपालिकाको निर्वाचनका लागि दुई दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिए । निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा (एमाले) ले उम्मेदवारी दर्ता गराएको छ । कार्यपालिकामा महिला सदस्य पाँच र दलित तथा अल्पसङ्ख्यक तीन पदका लागि निर्वाचन गर्न लागिएको हो । कार्यपालिका निर्वाचनका लागि ४७ जना मतदाता छन् । कार्यपालिका निर्वाचनका लागि निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्य मतदाता रहने व्यवस्था छ ।

महिला सदस्य निर्वाचित नगरसभा सदस्यबाट उम्मेदवारी दिने व्यवस्था छ । दलित तथा अल्पसङ्ख्यकको उम्मेदवारी भने नगरसभा सदस्य बाहिरका नगर क्षेत्रका मतदाताबाट दिनुपर्छ । नगर कार्यपालिकामा नगर प्रमुख र उपप्रमुख, नौवटै वडाका अध्यक्ष रहने व्यवस्था छ ।

गोकर्णेश्वर नगर प्रमुख काँग्रेस र उपप्रमुख एमालेले जितेको छ । पाँच वडाध्यक्ष एमाले, तीन वडाध्यक्ष काँग्रेस र एक वडाध्यक्ष स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् । गोकर्णेश्वरका निर्वाचित जनप्रतिनिधिले शपथ लिएर कार्यभार सम्हालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्