विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक बोर्डिङ स्कुलका प्रिन्सिपल पक्राउ

विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक बोर्डिङ स्कुलका प्रिन्सिपल पक्राउ

विराटनगर । सुनसरी जिलाको धरानमा बलात्कारको बलात्कार गरेको आरोपमा एक बोर्डिङ स्कुलका प्रिन्सिपल पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३६ वर्षीय राजकुमार खड्कालाई पक्राउ गरेको हो । २०७४ सालमा १५ वर्षकी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा इटहरीको ब्लुमिङ लोटस इङ्ग्लिस स्कुलका प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीले पक्राउ गरेको हो । ३६ वर्षका राजकुमार खड्काले आफ्नै स्कुलमा पढ्ने बिरामी भएकी १५ वर्षकी छात्रालाई घुमाउने र औषधि उपचारसमेत गरिदिने भनेर धरानको एक गेस्ट हाउसमा लगेर बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ ।

यौनसम्बन्ध राख्न नमानेमा विद्यालयबाट निष्कासन गरिदिने प्रिन्सिपल खड्काले धम्की समेत दिएको पीडित विद्यार्थीले बताएकी छिन् । जबरजस्ती करणी गरेको भन्दै पीडितले २०७५ सालमा प्रहरीलाई बालिकाले उजुरी दिएकी थिइन् ।

लुकिछिपी बसेका खड्कालाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाण्डौको त्रिपुरेश्वरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरी पठाएको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्