अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

कैलाली । लम्कीचुहा नगरपालिका-१ लम्की बस पार्कबाट करिब ७ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र नगद ३८ हजार १ सय रूपैयाँ सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-३ चिसापानी बस्ने २८ वर्षीय भुपेश थापा, २४ वर्षीय धनबिर चौधरी र जानकी गाउँपालिका-९ बस्ने २८ वर्षीय महेन्द्र रावल रहेका छन् । ईलाका प्रहरी कार्यालय लम्कीचुवाबाट खटिएको प्रहरीले भुपेश र धनबिरलई उक्त लागूऔषध र नगद ३ हजार रूपैयाँ सहित नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागूऔषध महेन्द्रबाट खरिद गरेको भन्ने खुल्न आएपछि महेन्द्रलाई समेत प्रहरीले पक्राउ गरेको हो । महेन्द्रको साथबाट नगद ३५ हजार १ सय प्रहरीले बरामद गरेको छ ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया तिनकुने चोकबाट करिब ३५ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ वनस्पति बस्ने ३९ वर्षीय सजन स्याङ्गतान र ३५ वर्षीय भुवन तितुंग रहेका छन् । हेटौंडाबाट सिमरातर्फ जाँदै गरेको ना.२ ह २८८८ नम्बरको अटोलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्दा लुकाई छिपाई ल्याउदै गरेको तीन वटा झोला र प्लास्टिकको बोराभित्र उक्त परिमाणको लागूऔषध फेला पारी चालक सजन र अटोमा सवार भुवनलाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्