चितवन । चितवनमा घरायसी विवादकाे क्रममा एक व्यक्तिले आफ्नो श्रीमतीको गुप्तांगमा हात हालेर पाठेघर बाहिर निकालिदिएका छन् ।
चितवनको खैरहनी नगरपालिका–१० स्थित मुसहरवस्तीका रामचन्द्र माझीले आफ्नी श्रीमतीको गुप्तांगमा हात हालेर पाठेघर बाहिर निकालिदिएका हुन् । इलाका प्रहरी कार्यालय खैरहनीका जानकारी अनुसार घरायसी विवादकाे क्रममा माझीले गएराति श्रीमतीलाई कुटपिट गरेका थिए । माझीले कुटपिटकै क्रममा कोठामा थुनेर श्रीमतीको पाठेघर बाहिर निकालिदिएका छन् । घाईते महिलाको भरतपुर अस्तपालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
फोटो:फाईल