बालेनको जितमा पत्नीको बधाई सन्देश : घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन !

बालेनको जितमा पत्नीको बधाई सन्देश : घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन !

विराटनगर । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहलाई श्रीमती सबिना काफ्लेले बधाइ दिएकी छिन् । काठमाडौँ महानगरपालिकाको मेयरमा शाह निर्वाचितलगत्तै काफ्‍लेले शाहलाई बधाइ दिएकी हुन् ।

अहिले सामाजिक सञ्जालदेखि भेटेरै उनलाई बधाई दिनेको लर्को छ । बधाई दिनेको यो भीडमा एउटा ‘बधाई’ले चाहिं धेरैजनाको ध्यानाकर्षण गरिरहेको छ बालेन पत्नी सबिना काफ्लेको ।

उनले भनेकी छिन्,' अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् । तिम्रा पाइला अगाडि मात्र बढिरहुन् ।'

उनले तिमी मेरो बालेनबाट हाम्रो बालेन भएको बताएकी छिन् । 'आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ' काफ्लेले लेखेकी छिन् 'यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालिएको छ ।'

सबिना काफ्लेले सामाजिक संजाल फेसबुकमार्फत यस्तो लेखेकी छिन् हेर्नु होस् :

आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालीएको छ ।
तिम्रो संयमता नै तिम्रो शक्ति हो । दिन रात नभनी तिमीले गरेको मिहेनतको फल आज सबै सामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् !
घरी घरी डर पनि लाग्छ , अगाडि विशाल भवसागर छ , बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमी प्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ । चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन । तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस् ।अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् । तिम्रा पाइला अगाडि मात्र बढिरहुन् , ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास , मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ ।
घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ ।
तिमीलाई हार्दिक बधाई । मलाई हार्दिक बधाई । हामी सबैलाई हार्दिक बधाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्