लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

<span class='c1'>लागूऔषध मुद्दाका फरार</span> <span class='c2'>प्रतिवादी पक्राउ</span>

तनहुँ । लागूऔषध मुद्दाका फरार २ जना प्रतिवादीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमजुङ सुन्दर बजार नगरपालिका-६ बस्ने २६ वर्षीय सुजन तामाङ र सोही नगरपालिका-८ बस्ने ३२ वर्षीय आईते तामाङ रहेका छन् ।

जिल्ला अदालत तनहुँको २०७८ असोज ९ गतेको फैसलाले उक्त मुद्दामा जनही २ वर्ष कैद र २ लाख रूपैयाँ सजाय ठहर भई फरार रहेका उनीहरूलाई आफ्नै घर वतनबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्