विराटनगर । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहाल दुर्घटनामा परी घाइते भएकी छन् ।
स्रोतका अनुसार रेणु सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी जावलाखेलस्थितस्टाफ कलेजनजिकै दुर्घटनामा परेको हो । गाडीको टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ । दुर्घटनापछि उनलाई ललितपुरको सुमेरु सिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार उनको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा केही टाँका लगाइएको, अवस्था भने खतरामुक्त रहेको र अन्य अवस्थाबारे भने चेकजाँच भइरहेको जानकारीमा आएको छ ।
फोटो:फाईल