गणतन्त्र दिवस अवसरमा राष्ट्रपति भण्डारीद्वारा ८ सय ३४ कैदीको सजाय मिनाहा

<span class='c1'>गणतन्त्र दिवस अवसरमा राष्ट्रपति भण्डारीद्वारा ८</span> <span class='c2'>सय ३४ कैदीको सजाय मिनाहा</span>

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको कैद सजाय माफ गरिदिनु भएको छ ।

गणतन्त्र दिवस अवसरमा ती कैदीहरुको सजाय माफी गरिएको हो । जेठ १३ गते शुक्रबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरुसमेतका आधारमा तोकिएको विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २ सय ७१ जना र नरबहादुर साँवासमेतका ५ सय ४७ तथा उमाकान्त पराजुलीसमेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि लागु हुने गरी गणतन्त्र दिवस २०७९ को अवसरमा माफी मिनाहा गरिदिनु भएको छ । गणतन्त्र दिवस–२०७९ भोलि मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्