सभामुख सापकोटा समक्ष अर्थमन्त्री शर्माद्वारा बजेट ‘ब्रिफिङ’

<span class='c1'>सभामुख सापकोटा समक्ष अर्थमन्त्री</span> <span class='c2'>शर्माद्वारा बजेट ‘ब्रिफिङ’</span>

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका सम्बन्धमा जानकारी लिनुभएको छ ।

आज बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख सापकोटा समक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराउनुभएको हो ।

सभामुख सापकोटाले सङ्घीय संसद्को बजेटसँग जोडिएका अन्य विषयमा अर्थमन्त्री शर्मालाई स्मरण गराउनुभएको थियो ।

सो अवसरमा सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, अर्थ सचिव मधुकुमार मरासिनी लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्