गोल्डेन अस्पतलामा आगोले पोलेको विरामीको उपचार सुरू

गोल्डेन अस्पतलामा आगोले पोलेको विरामीको उपचार सुरू

विराटनगर । विराटनगरस्थित आगोले पोलेको विरामीको उपचार सुरू गरेको छ ।
भरपर्दो उपचार गर्दै आएको अस्पतालले आगोले पोलेको विरामीको पनि उपचार सेवा सुरु गरेको अस्पतालका प्रबन्धक सन्तोष मेहताले जानकारी दिए । सेवा सुरु गरेपछि भोजपुरका दुई जना आगोले पोलेका विरामीको सफल उपचार गरेको अस्पतालले जनाएको छ ।

भोजपुरका खेम तामाङ्ग र प्रतिभा तामाङको घर आगजनी भएपछि गम्भिर घाइते भएर गोल्डेनमा २२ वैशाखमा आएका थिए । ग्यास पडकेर आगजनी भएपछि पाँच वर्षिय छोरी रेष्मा तामाङ्गको मृत्यु भएको थियो । श्रीमान श्रीमित रहेका प्रतिमा र खेममनी गम्भिर घाइते भएका थिए । खेमको ४० प्रतिशत अर्थात छातीदेखि मुनी दुवै खुट्टा र प्रतिमाको खुट्टा आगोले जलेर घाइते भएर गोल्डेन अस्पताल आएका थिए । गोल्डेन अस्पतलाका जनेरल सर्जन डा. सरोज यादवको नेतृत्वको टिमले सफल उपचार गरेपछि अस्पतालले डिस्चार्ज गरेको छ । ‘विरामीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएपछि डिस्चार्ज गरिएको हो,’ डा. यादवले भने । अस्पतालमा २१ दिनसम्म उपचार गरेपछि शुक्रबार डिस्र्चाज भएको हो ।

मेहताका अनुसार उपचार सफल भएपछि आफन्त र परिवारका सदस्य निक्कै खुसी भए । ‘छोरा बुहारी आगजनीमा परेर घाइते भएपछि उपचारको लागि धरान लिएका गएका थियौं । ठाउँ नभएको भन्दै त्यहाँ उपचार हुन सकेन । त्यसपछि हामीले सिधै गोल्डेन अस्पतालमा लिएर आएका थियौं,’ विरामीका बावु डम्बर बहादुर तामाङ्गले भने, ‘घाइते भएका छोरा बुहारीलाई चिकित्सकले बचाइदिए ।’ डम्बरले छोरा बुहारीको जीवन बचाइदिएको भन्दै उपचारमा संलग्न चिकित्सक र अस्पताललाई धन्यवाद दिएका छन् ।
विरामीको सफल उपचार भएपछि गृह जिल्लाका विरामीको स्वास्थ्य अवस्थ बुझन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई पनि हस्पिटलमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्