जिफन्ट प्रदेश अध्यक्षमा किशोर धमला

<span class='c1'>जिफन्ट प्रदेश अध्यक्षमा</span> <span class='c2'>किशोर धमला</span>

विराटनगर । नेपाल टे«ड युनियन महासंघ (जिफण्ट) प्रदेश नं. १ को अध्यक्षमा किशोर धमला निर्विरोध निर्वाचित हुनु भएको छ । विराटनगरमा शनिबार सम्पन्न प्रथम अधिवेशनबाट धमला निर्विरोध निर्वाचित हुनुभएको हो ।

मजदुरका समस्याप्रति सधैं सक्रिय रहँदै आउनु भएका धमला यस अगाडी समेत जिफन्टको अध्यक्ष हुनुहुन्थ्यो । विराटनगरमा एक नम्बर प्रदेशभरका प्रतिनिधिको उपस्थितिमा भएको अधिवेशनबाट धमलालाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।

अधिवेशनबाट जिफण्टको उपाध्यक्षमा शशी कुमार राई, सचिब सुर्य प्रसाद खवास निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा शुष्मिता चौधरी, हरि राई, हरि बहादुर अधिकारी, शुखराज कटुवाल, सिता देवी बन्जरा काफ्ले, मन कुमारी मगर, नयेन्द्र बहादुर बिष्ट, सिता देवी उप्रेती, पुन्य प्रसाद गुरागाई, कृष्ण प्रसाद काफ्ले, राजेश साह, सिता राई, मिना जिसी, खेम राज पोखरेल, विष्णु राम राई रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्