मोरङको बेलबारीमा दुर्घटना, दुईजनाको मृत्यु

<span class='c1'>मोरङको बेलबारीमा दुर्घटना,</span> <span class='c2'>दुईजनाको मृत्यु</span>

विराटनगर । मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा शनिबार राती मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । को १० प ३५९९ नम्बरको मोटरसाइकल दुर्घटनामा सवार दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका–११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवम् विराटनगर अस्पताल ल्याइएको थियो । चौधरीको राति ९ः४० बजेतिर र धिमालको आइतबार बिहान ६ बजेतिर मृत्यु भएको हो ।

पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८८७ नम्बरको बस र सडकमा रोकेर राखेको को २ त ८५५९ नम्बरको ट्याक्टरमध्ये कुन सवारी साधनमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो भन्ने यकिन भइसकेको छैन । बस र ट्याक्टर तथा दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट बसमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको देखिएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल सडकमा रोकेर राखेको ट्याक्टरमा ठक्कर खाएपछि बसमा ठोक्किन पुगेको पनि हुनसक्ने प्रहरीको अनुमान छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्