काठमाडौं । पोखराबाट जोमसोमतर्फ १९ यात्रुसहित उडेको तारा एयरको जहाज मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा दुर्घटना भएको आशंका गरिएको छ ।
कास्की प्रहरीका अनुसार भने सम्पर्कविहीन भएको जहाज खोजी भइरहेको जानकारी दिएका छन् ।
१९ यात्रु सहितको जहाजमा ३ जना चालक दलका सदस्य पनि छन् । तारा एयरको ९ एन-एइटी जहाज क्याप्टेन प्रभाकर घिमिरले उडान भएरेका थिए । १९ यात्रु सहितको जहाजमा ३ जना चालक दलका सदस्य पनि छन् ।
चालकदलका सदस्य इताशव घिमिरे र किश्मी थापासहित सो जहाज ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको थियो । जोमसोङतर्फ उडेको विमानले आफ्नो रुट छाडेर धवालगिरीतर्फ लागेपछि सम्पर्क नभएको विमानस्थलका अधिकारीहरुले जानकारी दिएका छन् ।