विराटनगर । पोखराबाट जोमसोम उडेको सम्पर्कविहीन तारा एयरको ९ एनएईटी ट्विनअटरको खोजी कार्य जारी छ ।
उक्त जहाजमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य रहेको जानकारीमा आएको छ । तीमध्ये १६ नेपाली र ६ जना विदेशी नागरिक रहेका छन् । हराइरहेको विमानको हेलिकप्टरमार्फत खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरि मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ । बिमानको खोजीका लागी सुरक्षाकर्मीलाई स्ट्याण्डबाई राखिएको छ । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार रहेका थिए ।
विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार रहेका थिए ।
यस्तै विमान जहाजमा ३ जना चालक दलका सदस्य पनि छन् । क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा थिइन् ।