सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

विराटनगर । सुनचाँदीको कारोबार मूल्य आज स्थिर भएको छ ।

आईतबार सुनचाँदीको मूल्य तोक्दै गत साताको शुक्रबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ छ भने तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा सुन कारोबार भएको महासंघले जानकारी दिएको छ ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ छ । जुन, शुक्रबारकै कारोबार मूल्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्