बेपत्ता तारा एयरको विमान उडेको १२ मिनेटसम्म सम्पर्कमा

<span class='c1'>बेपत्ता तारा एयरको विमान</span> <span class='c2'>उडेको १२ मिनेटसम्म सम्पर्कमा</span>

विराटनगर । तारा एयरको विमान उडेको १२ मिनेटसम्म सम्पर्कमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

आज दिउँसो विज्ञप्ति जारी गर्दै आइतबार पोखराबाट स्थानीय समयअनुसार बिहान ०९ः ५५ बजे जोमसोमको लागि उडेको थियो । १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित उडेको तारा एयरको ट्वीनअटर 9NAET विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः ०७ वजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको जानकारी दिएको छ ।

त्यसपछि विमान सम्पर्क विहिन भएको प्राधिकरणले जनाएको छ । विमानको बारेमा खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टरलाई त्यसतर्फ पठाइएकोमा प्रतिकूल मौसमको कारणले गर्दा उक्त हेलिकप्टर पुनः जोमसोम नै फर्किएको पनि प्राधिकरणले जनाएको छ । उद्धार कार्यको लागि थप हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको र मौसममा सुधार आउनासाथ हवाई मार्गबाट खोज कार्य पुनः शुरु गरिने प्राधिकरणले जनाएको छ । हराएको विमान खोज्न स्थलमार्गबाट समेत नेपाली सेना र नेपाल प्रहरी त्यसतर्फ प्रस्थान गरिसकेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्